Monday, October 13, 2008

गजल

दिएको चिनो तस्बिर हेरि नसम्झ मलाई
आसुको थोपा झर्नेछ फेरि नसम्झ मलाई

भावीको लेखा कर्मको फल बोकेर सौगात
दुखको पला आउदा खेरि नसम्झ मलाई

छुटेको माया टुटेको मुटु दुखेको बेलामा
लुकेर रुदै अक्षर केरि नसम्झ मलाई

ध्यौराली भाकी मन्दिर भित्र वाचा र कसम
जलेको मन यादले घेरि नसम्झ मलाई

बन र पाखा मेला र पात रमेकोको क्षणले
खुकुरी धार घाटीमा सेरि नसम्झ मलाई

No comments:

Post a Comment