Sunday, October 19, 2008

गजल

बहरे मुतकारिब

तिमी छ्यौ समीपै र पो जिन्दगानी
रसाएर आए भुलेको जवानी

हराए चटक्कै सबै पीर-बेथा
बनाएर त्यो केशराशी सिरानी

छकाएर आँखा जसै दूर भाग्यौ
भिजे यी परेली नजानी नजानी

बिना त्यो भरोसा म बाँचू कसोरी ?
म प्यासी निराशी तिमी पो त पानी

2 comments:

  1. गजल तिम्रो साह्रै राम्रो लाग्यो मलाई त।

    ReplyDelete
  2. ramro cha estai gari agi badnu...budeskaal samma pugda dherai garnu cha timile

    ReplyDelete